+
+
Shares

निर्वाचनलाई लक्षित गर्दै सिरहामा डिजे तथा साउण्ड सिस्टम पूर्ण प्रतिबन्ध

अनलाइनखबर Mukesh9815
3 months अगाडि
0 views

फाल्गुन -११ सिरहा।
सोनु मिश्र।

आगामी मिति २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा निर्वाचन प्रचार–प्रसारका क्रममा जुलुस, चुनावी र्‍याली तथा आमसभा आयोजना गर्दा निर्वाचन आयोगद्वारा जारी गरिएको आचारसंहिता अनिवार्य रूपमा पालना गर्न जिल्ला प्रशासनले सबै राजनीतिक दल र उम्मेदवारलाई निर्देशन दिएको छ।
निर्वाचन प्रचारका क्रममा डिजे तथा साउण्ड सिस्टमको अत्यधिक प्रयोगका कारण ध्वनि प्रदूषण बढ्नुका साथै विद्यार्थीको अध्ययन, सर्वसाधारणको स्वास्थ्य, शान्ति–सुरक्षा र सामाजिक सद्भावमा नकारात्मक असर परेको तथा विभिन्न दुर्घटना समेत भएका घटनालाई ध्यानमा राख्दै जिल्ला सुरक्षा समितिको बैठकले सिरहा जिल्लाभित्र डिजे तथा साउण्ड सिस्टम प्रयोगमा प्रतिबन्ध लगाउन सिफारिस गरेको हो।


सोही सिफारिसका आधारमा सिरहा जिल्लाभित्र मिति २०८२/११/१० गतेदेखि अर्को सूचना जारी नभएसम्म कुनै पनि स्थानमा डिजे, साउण्ड सिस्टमका माइक्रोफोन तथा लाउडस्पिकर सञ्चालन गर्न नपाइने गरी स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम आदेश जारी गरिएको छ।
आदेशको उल्लङ्घन गरी डिजे वा साउण्ड सिस्टम सञ्चालन गरेको पाइएमा सम्बन्धित उपकरण जफत गरिने र प्रचलित कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रशासनले जनाएको छ।
उक्त आदेश प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी गरिएको हो।