+
+
Shares

सिरहा:”गोलबजार-८ मा वडाध्यक्षको मनोमानी : आफन्तलाई मात्र लाभ, स्थानीय पन्छाइए”

अनलाइनखबर admin12345
12 months अगाडि
0 views

सिरहा, १६ जेठ।
ज्ञान कुमार राय

सिरहाको गोलबजार नगरपालिका ८ का वडाअध्यक्षले राज्यको सम्पतीमा मनोमानी गरेको स्थानीयले बताएका छन्। वडा योजना अन्तर्गत १० लाख मूल्य बरावरको बोर्डिङ्ग र मोटर प्रकृया पुरा नगरी वडा अध्यक्ष देवनारायण महतोले आफन्तको खेत र आँगनमा जडान गरिरहेका छन्।

पालिकाबाट गरिने विकास निर्माणको काममा अपनाउनु पर्ने प्रकृया पुरा नगरी वडा अध्यक्ष महतोले कमिसनको खेलमा आफन्तमार्फत काम गराई रहेको स्थानीयहरु बताउँछन्। गोलबजार नगरपालिकाका प्रमुख जय गणेश सिंहले पनि वडा नम्वर ८ मा बोर्डिङ्ग, मोटर जडान गर्ने कुनै योजना नहरहेको बताए। उनले भने, ‘वडा नम्वर ८ मा नगरको तर्फबाट वोर्डिङ्ग र मोटर जडानको कुनै योजना सञ्चालन भएको छैन, वडाले कसरी कहाँबाट गरेको हो भन्ने जानकारी छैन। अहिले भईरहेको कार्यको यहाँबाट भुक्तानी पनि हुँदैन।’

तर, वडाध्यक्ष महतोले भने वडास्तरीय योजना रहेको दावी गर्दै आएको छ। उनले वडाको योजनामा उपभोक्ता समिति गठन गर्न नसकिएकाले नगरपालिका मार्फत कोटेसनमा काम भईरहको बताए। उनले भने, ‘हामीले यस कामको लागि उपभोक्ता समिति गठन गर्न सकेनौं, त्यसैले नगरपालिकालाई पत्र लेखेरै कोटेशनबाट काम गराईरहेका छौं।’

कोटेशन मापर्फत नै कसले काम गरिरहेको छ? भन्ने प्रश्नमा वडा अध्यक्ष महतोले त्यस विषयमा अनभिज्ञता प्रकट गरे। उनले नगरपालिकाले पठाइदिएको हो, मलाई जानकारी छैन।

तर, स्थानीय भने वडा अध्यक्ष आफैले सवै काम आफन्त मार्फत गराएको बताउँछन्। यतिसम्मकी आवश्यक पर्ने पाईप, मोटरसमेत वडा अध्यक्ष आफैले ल्याई दिने गरेको छ।

वडा अध्यक्ष महतोले आफन्तहरुलाई मात्र वोर्डिङ्ग वितरण गरेको स्थानीय लडुवत्ती यादवले आरोप लगाए। उनले भने, ‘म पानीको समस्यामा छु, मैले वडा अध्यक्ष, मेयरलाई ३ वर्षदेखि पटक पटक एउटा कलको लागि गुहार गरें। मैले आजसम्म पाइँन। तर, यहाँ कसैको खेत, बारी र आँगनमासमेत बोर्डिङ्ग जनान भईरहेको छ।’

वडा अध्यक्षको यस्तो रवैले उनले राज्यको सम्पती मनोमानी ढङ्गले चलाउने गरेको पुष्टि भएको छ।