+
+
Shares

सिरहा:लागूऔषध दुर्व्यसन तथा अवैध ओसारपसारविरुद्ध तीन महिने अभियान शुभारम्भ

अनलाइनखबर admin12345
1 year अगाडि
0 views

चैत २२- सिरहा।
स्टार खबर ।

सिरहा जिल्लामा लागूऔषध दुर्व्यसन तथा अवैध ओसारपसार नियन्त्रणका लागि तीन महिने अभियान सुरु गरिएको छ। सो अभियानको शुभारम्भको अवसरमा सिरहा नगरपालिका–७ स्थित थानचोकमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सिरहाको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश आर्यालको अध्यक्षता रहेको थियो भने मधेश प्रदेशसभा सदस्य माननीय प्रमोद कुमार यादव प्रमुख अतिथिको रुपमा सहभागी थिए।

कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति दिनेश कुमार महतो, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक अन्नत राम शर्मा, सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हे.क्वा. सन्हैठाका सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारी, राष्ट्रिय अनुसन्धान कार्यालयका उप-निर्देशक टिका प्रसाद पोखरेल, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष शम्भु साहसहित विभिन्न सुरक्षा निकायका प्रतिनिधिहरू, स्थानीय संघसंस्थाका पदाधिकारीहरू, सञ्चारकर्मी, पुनःस्थापना केन्द्रका प्रतिनिधिहरू, शिक्षक-शिक्षिका, विद्यार्थी, बुद्धिजीवी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्देश्य जिल्ला तथा प्रदेशस्तरमा लागूऔषधको प्रयोग तथा तस्करीविरुद्ध जनचेतना फैलाउने र सबै सरोकारवाला निकायहरूको सहकार्यमा प्रभावकारी रुपमा रोकथाम तथा नियन्त्रण अभियान अघि बढाउनु रहेको जनाइएको छ।

प्रभातफेरी कार्यक्रमसँगै जनचेतनामूलक सन्देशहरू प्रसारण गरिएको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले समाजबाट लागूऔषधको खतरालाई हटाउन सबै क्षेत्रको साझा प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए।