+
+
Shares

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ, १४ वर्ष कैद

अनलाइनखबर admin12345
1 year अगाडि
0 views

स्टार खबर-माघ-२१,सिरहा ।

जबरजस्ती करणी मुद्दामा फरार रहेका सिरहाका एक व्यक्तिलाई प्रहरीले पक्राउगरी कारागार चलान गरेको छ।
पक्राउ परेका जिल्ला सिरहा, लहान नगरपालिका वडा नं. २४ का ४५ वर्षीय भोगी भनिने भोगिन्द्र पासवान हुन्।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको विशेष प्रहरी सुराकीको आधारमा लहान नगरपालिका वडा नं. १० स्थितबाट पक्राउ गरेको थियोे। प्रहरीका अनुसार, उनी जबरजस्ती करणी मुद्दामा दोषी ठहर भई अदालतको फैसलापछि फरार थिए।

संबन्धित मुद्दा उच्च अदालत जनकपुर राजबिराज इजलासमा दर्ता भएको थियो। अदालतले २०८० फागुन ८ गते उनलाई १४ वर्ष कैद र रु. २५,०००( पचिस हजार ) जरिवाना गर्ने फैसला सुनाएको थियो। अदालतको फैसलापछि उनी फरार रहे पनि प्रहरीको विशेष टोलीले गुप्त सूचनाको आधारमा उनलाई पक्राउ गर्न सफल भएको हो।

पक्राउ परेका पासवानलाई सिरहा जिल्ला अदालतमा पेश गरी कैद भुक्तानकालागि सिरहा कारागार चलान गरिएको सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक बिरेन्द्र कुमार पासवानले बताए ।