+
+
Shares

सिरहा:जिल्ला प्रहरी र ट्राफिक प्रहरीले संयुक्त रुपमा गरे यात्रु सहायता कक्षको स्थापना

अनलाइनखबर admin12345
3 years अगाडि
0 views

सिरहा,२४ असोज ।
सिरहामा जिल्ला प्रहरि कार्यलय सिरहा र ट्राफिक प्रहरी कार्यलय लहानले संयुक्त रुपमा ५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
चाडपर्वमा यात्रुलाई आवतजावत गर्ने यात्रुलाई सहयोग गर्ने उदेश्यले यस जिल्लाका पाँच स्थानमा यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी रबिन्द्रराज पान्डेले जानकारी दिनुभयो ।
प्रवक्ता पान्डेका अनुसार यस जिल्लाको गोलबजार,लहान,मिर्चैया,सिरहा लगयातको बसपार्कमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।

चाडपर्वको समयमा बसपार्क क्षेत्रमा अत्यधिक भीड हुने भएकाले नागरिकको सहजताको लागि सहयाता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालयका सिरहाका प्रवक्ता रविन्द्रराज पान्डेले बताउनुभयो ।

चाडपर्वको समयमा दुर्घटना हुने भएका सवारी चेकजाँच, क्षमताभन्दा धेरै यात्रु बोक्ने, तोकिएको भाडादरभन्दा धेरै असुल्ने, मापसे तथा लापसेगरी सवारी चलाउने, यात्रुसँग अभद्र व्यवहार गर्नेलगायतका क्रियाकलापलाई कडाइ गरिनेछ ।

जिल्ला प्रहरी कार्यालय सिरहा र जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले नागरिक सहायता कक्षको स्थापना गरेका हुन् । यहाँ नागरिकले आफ्ना समस्या र गुनासाहरु राख्न सक्नेछन् । यात्रुहरुलाई सजग र सुरक्षित यात्राका लागि समय-समयमा जनचेतना मूलक सन्देश प्रवाह गरिने बताइएको छ ।