+
+
Shares

निरलज्ज” असार

अनलाइनखबर admin12345
3 years अगाडि
0 views

शिब दयाल यादब।
असार मसान्तको समय सकिन लागेका छन । यताउति जहा हेरे पनि भिडै भिड लागेको भठ्ठि पसलमा मेला नै लागेका देख्न पाइन्छ ।
किन होला यो मनले प्रशन गरिरह्दा हैट यो असार सकेर साउन लाग्दा खुब दारु मासु खाएर एक महिनासम्म जिब्रोलाइ आराम दिन गर्न लागेको बोलबमको भिड होइन महोदय ।
बजेट सकाउन पल्केका भेडाहरुको लागि यो पर्ब खुब धुमधाम होला तर कम खाएकाहरुको लागि बिष्णुपुरमा लाग्ने भोला बाबाको मन्दिरमा नजिक पाउने मिठो जिलेबि खाएर चित्त बुझाउनु पर्ला ।

खैर पिडा त त्याहा होला जसले १८ नम्बर के हो भने बिचाराले कर्मचारि कुट्न तालाबन्दी सम्मको हत्कण्डा अपनाउन जुक्ति खोजि हिडेका छन ।
थुक्क अधुरो काम गरि पुरा बजेट निकाल्न पल्केका ठक्कदारलाइ एक पालिकाले खुब मज्जाको सबक सिकाएका छन । कल्याणपुर नगरपालिका स्थित रहेको प्रसिद्ध दुर्गा मन्दिर सक्ति पिठमा आउदो असोजमा जोडै खसि चढाउने सपना पनि नतुहियोस ।

रातिको समय थियो असारे बिकसको रङ्गमा मौसम रङ्गिएको थियो,आफु जाने घरको बाटो नै छेकिने गरि सडक ढलान भइरहेको देखे,मनै मन खुशी भएपनि काम देखेर भित्री मन त खुसि भएन । आफु मासु नखाने प्राणि भएपनि एक बोतल रक्सि नखाएपनि मन रिसले चुरम चुर भयो । रिसाएर पनि के गर्नु त्यो अध्यारो कालो रातिमा हातमा कलम जो छ । जिल्लामा खुबै चर्चा बटुलेकि खाण भाउजुले पनि पावर देखाइन अन्न्त उहि पावरको दुरुपयोग गर्दा रुदै दिन बिताइरहेकि छिन ।
साउनको पहिलो सोमबारि मेला भर्न हलेसि जाउ भनि कुरा चलाउदा बरिस्ठ पत्रकार देब दाइले नजान सुझाए,किन होला भनि न बाटो राम्रो छ,न उचित बासको ब्यबस्थापन छ । के गर्ने दाइ राम्रो कुरा अप्ठ्यारो नै हुन्छ ।
मन असान्त हुदा नहुदा फरक के पर्ला र निठुर काम गरेर खाने कलमजिबिको लागि सबै मसान्त उस्तै परे । केहि दलालि गरि खाने पत्रकारहरुको पनि कमि छैन ,यो शब्द आफै लेख्न लाज लागेपनि अहिले खुटि खोलामा बाढि होला ! बिचारा त्यहि गएर डुब मरुन भने मेरो आस्य छैन ।
साझ परेपछि दिन हुन्छ भने आश ताकेर निराश बनेका पुन्टे धोकाको सिकार भएका छन । मेरो गाउँ नजिकै रहेको अर्नामा पालिकाका एक किसानको भैसि राङ्गा सङ्ग भागे छन । पत्याउन पनि गाह्रो भयो,किन नहुनु कोइलालाइ जति सर्फ-साबुन लगाएपनि सफा हुँदैन ।
ठुलै सपनि बोकेर असार मसान्तको समयमा एक- आध करोडको बिटो बोकेर भठ्ठिमा आसिर्बाद पाएपछि अभिमन्यु नै सम्झेर लडाइ लड्न सुरु गरेका छन । थोरै कुरा मात्र थाहा पाइ सबै फाटक नै तोड्न हिडेका अभिमन्यु चक्रभ्युमा फसि अन्त्य भएको महाभारतमा उल्लेख छ ।
ए बाबु! तातै खाउ जलेर मरु जस्तै हो कागको बोलि नमिठो होला भन्दै सुगाको बोलि मिठो अहिले लागे होलान । के गर्ने ति सुगाले “सिताराम कहो” बाहेक अरु के नि बोल्न सक्छन होला किन भने मालिकले त्यहि सिकाएको हुनुपर्छ । ति पिजडामा केसर सहित करियाकामुर चाबलको खिर खाएपनि मालिककै इशारामा नाच्नै पर्छ ।
ब्ल्याक लेभल खाने हैसियत भएछन है भनि हिडने पुन्टेलाइ मसाज गर्न खुब राम्रो तरिकाले आउदो रहेछन । खैर यो ठमेल होइन,यहा चौधरि ग्रुपको चाउचाउ पकाउन सबैलाइ काहा आउछन् । हात्तीदह बडा मनमोहक छ,यहा हरेक नर-प्राणिको फोटो जोडि सहित देख्न पाइन्छ । तिम्रो आका बडो रोमाञ्चक रैछ !
प्रशिद्ध सल्हेशको मन्दिर सिरहा सदरमुकाममा छन,त्याहा भाकल गरे अबस्य पाप-कुकर्म बाट मुक्ति पाउन सकुन भने पुग्दा हुन्थ्यो । अब त बैशाख बाट साउन लागेका छन,बोल बम पनि जाउ भनि साउन एक गतेदेखि मल्लमास परेछन । अब जल चढाउदा पनि केहि काम छैन भनि सोच्नु गलत हो ।
भोले बाबा पनि कति निस्ठुरि रैछ, फलको राजा आप सङ्गै फलहार भोजन गरि सुतेको आन्न्द अहिले पनि याद आइनै रहन्छन ।
दु:खनु पनि यति पर्दैन थियो होला दाइले जो गमलामा सुन्दर फुलको साटो पानी जमाएर जो डेङ्गु फलाइ दिएका छन । अब त धेरै भएन उनलाइ गमलाको पानी निकाल्न मोटर सेट गरु भने मान्छे पागल नै भन्छन होला । बहाना खोजेर रिसको चुरले गमला नै घोप्टो गर्न खोजे छन । दाइको चुभाइले गर्दा मान्छे पाग्ल नै हुन्छन भने तपाइको के दोष छ ।
बरिस्ठ पत्रकार दिनेस्वर दाइले एउटा कथा सुनाएको मलाइ मान्सपटलमा आज पनि ताजै छन जुन थालिमा खानु त्यहि थालिमा छेद गर्ने मान्छे पनि कमि छैन । गुरुलाइ भगबानको दर्जा दिएका छन, पाप धुरिबाट कराउछ है ।
हाम्रो तिर गिदरमारि पोखरिको माछा मिठो छ भनि खुब चर्चित छन,एक जनाले माछाको बारे थाहा भएछन । उनलाइ त्यो गिद्धे नजर परेर, चोरेर बन्सि थपे छन । एक राति खुब खाइयो पछि फेरि आउदा चोरेर नै खाइराख्ने बानि नै परे छन । पछि देख्दा पनि जानी -जानि छोडि दिने गाउँले ले ठिक्दार बोलाए छन । जब ति चोर बन्सि थप्न सुरु गर्न थाले लग्तै समातियो । ति चोरलाइ गाउँमा पुरानो परम्परा अनुसार गधामा चढाइ सहर घुमाए छन । थुक्क ,लाजै नहुनेलाइ मैथिली भाषामा” निर्लज्ज पतित थुकहा” भन्छन ।(यो मेरो ब्यक्तिगत बिचार हो)