+
+
Shares

सहकारी द्वारा विभिन्न व्यक्ति सम्मानित

अनलाइनखबर admin12345
4 years अगाडि
0 views

कार्तिक १६ ,सिरहा।
कृषि सहकारी द्वारा छठ पूजाको अवसरमा विभिन्न व्यक्ति सम्मानित भएका छन् ।
सिरहाको सिरहा नगरपालिका १५ बुधौरा स्थित श्रीकृष्ण मितेरी किसान कृषि सहकारी संस्था द्वारा स्थानीय विभिन्न व्यक्तिहरुलाई छठ पर्वको अवसरमा समाज उच्च योगदान पुर्याएका विभिन्न व्यक्तिहरुलाई संस्थाले सम्मान गरेको हो।
संस्थाद्वारा आयोजित सम्मान कार्यक्रममा ज्येष्ठ नागरिक , वयो बृद्ध ज्येष्ठ नागरिक , सेवा निवृत्त कर्मचारी , शारीरिक रूपमा असक्त रहेका व्यक्ति , सुरक्षाकर्मी पत्रकार तथा लोकसेवा आयोग पास गरी राष्ट्र तथा समाजलाई सेवा गर्न लोकसेवा मार्फ़त राष्ट्र सेवामा प्रवेश गरेका कर्मचारीलाई समेत हौसला प्रदान गर्न कदर पत्र सहित सम्मान गरेको आयोजक संस्थाले जानकारी दिए।

नव गठित यस कृषि संस्थाले सो क्षेत्रका किसानहरुको विभिन्न वास्तविक समस्यालाई पहिचान गरी समाधानका उपायहरुको खोजी गर्नुको साथै कृषी कर्ममा रहेका किसानहरुलाई विभिन्न सेवा सुबिधाहरू उपलब्ध गराउने उद्देश्यले यस संस्थाको मूल कार्य उद्देश्य रहेको आयोजक संस्थाले जानकारी दिए ।