+
+
Shares

सिरहाको लाहानमा लागूऔषध गाजा सहित एम्बुलेन्स प्रहरीको नियन्त्रणमा

अनलाइनखबर admin12345
4 years अगाडि
0 views

सिरहा साउन ३०।

सिरहाको लाहानमा प्रहरीले प्रतिबन्धित लागूऔषध गाजा सहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले गोप्य सूचनाको आधारमा को १ च ७५७७ नम्बर को एम्बुलेन्सलाई खानतलासी गर्दा प्रतिबन्धित लागू औषध ९० किलो गाजा बरामद भएको प्रहरीले जनाएको हो । प्रहरीले अहिले एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरि कार्यालय लाहानका डिएसपी कुमार मैनालीको कमाण्ड खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध गाजा बरामद गरेको हो । चालक र एम्बुलेन्स गाजा सहित ईलाका प्रहरी कार्यलय लाहान मा राखेको ईलाका प्रहरि कार्यालय लाहानका डिएसपी कुमार मैनालीले बताएका छन ।

पुर्व पछिम लाेकमार्गमा पछिमबाट पुर्व जाँदै गरेको एम्बुलेन्सलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानको अगाडिबाट पक्राउ गरेको ईलाका प्रहरी कार्यलय लाहानका डिएसपी कुमार मैनालीले बताएका छन ।