+
+
Shares

बिष्णुपुरमा दोस्रो वडा अध्यक्ष गोल्डकप २०७८ प्रतियोगिता सुरु

अनलाइनखबर admin12345
4 years अगाडि
0 views

मंसिर -१७,सिरहा

सिरहाको बिष्णुपुर गाउँपालिका वडा नम्बर १ मा बिहीबार देखि वडा अध्यक्ष गोल्डकप प्रतियोगिता २०७८ गौरिपुरको (ठुलो चौर) गङ्तीमा सुरु भएको हो ।
पहिलो दिनको खेलमा आर्मी कयाम्प चोहर्वा टिम र जे.वा.सी. टिम गोलबजार बीचको खेल शुरु भएको थियो।
बिष्णुपुर गाउँपालिका वडा नम्बर १ को आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन बिष्णुपुर गाउँपालिकाको अध्यक्ष जागेस्वर यादवले गरेका छन ।

खुलकुद प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै बिष्णुपुर गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत रबिन्द्र कुमार महतले खेलकुदको कार्यक्रम अन्य विभिन्न वडाहरुमा पनि संचालन गर्दा हाम्रो पालिकामा रहेका युवाहरूलाई एउटा प्रेरणाको रूपमा लिन सक्छन् र हाम्रो पालिकाहरुबाट खेल पेशा सङ्ग आवद्ध भएका युवाहरु प्रेरित भइ भोलि रास्ट्र स्तरमा अन्तर्राष्ट्रिय स्तरमा खेलाडीहरु उत्पादन गर्न सक्छौ ।

प्रमुख प्रशासकिय अधिकृत महतले हाम्रो पालिकबाट संचालन हुने विभिन्न कार्यक्रमहरु लगायत खेलकुदमा पनि लगानी आवश्यक छ भने हामी मह्सुश गरेका छौ।

उनले बिकास भएको चौतर्फी बिकास हुनुपर्छ खेलकुदको पनि बिकास हुनु अपरिहार्य रहेको बताए ।

मन्तव्य कै क्रममा प्रमुख अतिथी गाउँपालिका अध्यक्ष जागेस्वर यादबले मानव समाज र अनुशासन को मुख्य मेरुदण्ड खेलकुद हो ।
यसको विकास विना समृद्धी सम्भव छैन अव स्थानिय तह सिंगो खेलकुदको विकासमा जुट्न आवश्यक छ ।

गापा अध्यक्ष यादबले यो खेलको नाममा यो फिल्डको नाम पैसा पनि आइरहेको छ र सिरहा जिल्लामा यो फिल्डलाई एउटा नमुना खेल्ने फिल्ड संचालन रहोस् र नमूनाको रूपमा चिनियोस तर्फ हामी गापाका सबै कार्यसमिति लागि सकेका बताए ।

बिष्णुपुर गाउँपालिकामा बितेको साल पनी हामी पहिलो वडा अध्यक्ष प्रतियोगिता सफल पारेर आज दोश्रो वडाअध्यक्ष प्रतियोगिता संचालन गरेका छौ।यसलेगर्दा युवाहरूमा जोश खेलकुद प्रती आकर्षण बढन आएको देखिन्छ। र यस फिल्डलाई अझै राम्रो बनाउनेमा लागेको छु साथै युवाहरूमा एकता ,अनुशासन सिकनको लागि खेलको आयोजना गरेको बिष्णुपुर गापा१ का वडा अध्यक्ष गोपिन्द्र यादवले बताए ।

उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष जागेस्वर यादव ,गापा प्रशासकीय अधिकृत रबिन्द्र कुमार महत,कल्याणपुर सस्त्र प्रहरीका इन्स्पेकटर सुरेन्द्र भणडारी,श्री शेर गन सैनिक क्याम्प का मेजर हेमन्त मल्ल,नेपाल पत्रकार महासंघ सिरहाका सचिब शिव दयाल यादब,ईलाका प्रहरी कार्यालय बिष्णुपुरका प्रहरीहरु,५ वटै वडाका वडा अध्यक्ष र पत्रकारको सह्भागीता रहेको थियोे ।